काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ। कम्पनीको संस्थागत सेयरधनी समूहको २० लाख ५२ हजार ८३४ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो।
यससँगै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्वामित्व अनुपात ६०ः४० कायम भएको छ ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्र तथा नियमालीमा भएको संसोधन बमोजिम संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत रहने भएको हो ।