काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत पुस २५ देखि आज पुस २७ गतेसम्म कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको हो ।
कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्बत शाखा प्रमुख बिक्रम ढुंगाना र प्रशिक्षण भने बीमा समितिका सहायक निर्देशक पुर्ण वहादुर थापामार्फत दिइएको कम्पनीले जनाएको छ ।