अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

2022-02-18
अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको चौथो वार्षिक साधारण सभा आज(फागुन ६ गते) काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो । 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको  आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ। 


Share this with your friends: