अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड

2022-05-22
अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर जेठ ५ गते निष्कासनकर्ता कम्पनी मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिले बाँडफाँड गरेको हो । 

कम्पनीले गत चैत २५ गतेदेखि हकप्रद विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका १ लाख १३ हजार १५३ आवेदकहरुलाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।

कायम हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी जेठ ९ गतेदेखि आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ । रकम जम्मा भए÷नभएको एकिन गर्न मुक्तिनाथ क्यापिटल मा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।   


Share this with your friends: