आइएमई जनरल इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश

2022-02-02
आइएमई जनरल इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ। 

कम्पनीले वि.स. २०५७ साल माघ १९ गते बीमा व्यवसायको थालनी गरी बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहुँच पुर्याउँदै आईरहेको छ । 

आजभन्दा २१ वर्षअघि देशका लब्ध प्रतिष्ठित उद्योगी तथा व्यवसायिक घरानाको समूहबाट प्रवर्धित कम्पनी निर्जीवन बीमा कम्पनीका रुपमा स्थापना भएको थियो । कम्पनीले दुई दशकभन्दा लामो अवधिदेखि देशका मानिसहरु र संस्थाहरुको सम्पत्तिको वृद्धि तथा रक्षावरण गर्न सहयोग गरिरहेको छ । गुणस्तर,विज्ञता र स्थायित्वका साथ कम्पनी देशका जनता तथा संस्थाहरुलाई निर्जीवन बीमा सेवा दिन हरदम तत्पर रहेको कम्पनीले जनाएको छ । 
कम्पनीले २२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्ना सम्पूर्ण निर्जीवन बीमा अभिकर्ता,ग्राहक,सर्भेयर,कर्मचारी,नियामक निकाय ,सरोकारवाला तथा शुभेच्छुकहरुलाई धन्यबादसहित कृतज्ञता प्रकट गरेको छ ।  


Share this with your friends: