आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2022-02-17
आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार ०२० रुपैयाँबराबरको बोनस सेयर ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.५३ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।   


Share this with your friends: