आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

2022-04-13
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत २८ गते बाँडफाँड गरिएको हो । 

कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर  निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका १३ हजार ६८९ आवेदकहरुलाई ४५ लाख ३९ हजार १४९ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी वैशाख २ गतेदेखि आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ ।


Share this with your friends: