आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

2022-01-12
आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले यही पुस २५ गतेदेखि पुस २८ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिका लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ। 

कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम तालिम सञ्चालन गरेको हो। उक्त तालिमपश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ। 

तालिममा देशभरबाट उत्सहाजनक सहभागिता रहेको थियो। यसबाट बीमा समितिले निर्देश गरेबमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ।


Share this with your friends: