आइएमई जनरलद्वारा हकप्रदबापतको रकम जम्मा गर्न आग्रह

2022-01-24
आइएमई जनरलद्वारा हकप्रदबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले सञ्चालकलगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो । 

सर्वसाधारण सेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुला गर्नुपूर्व सञ्चालकलगायत आधारभूत सेयरधनीहरु (चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरु) ले आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम बुझाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजित आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम आउँदो फागुन २ गतेभित्र कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंक लिमिटेडको काठमाण्डौ कान्तिपथमा रहेको ‘कल इन एड्भान्स’ नामक खातामा रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। 


Share this with your friends: