काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज(माघ २७ गते)अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो ।
कम्पनीले बोनससेयर वितरणपशचात कायम चुक्तापुँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ। हकप्रद जारीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ।