आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

2022-04-28
आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डा अनुमोदन गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

काठमाण्डौमा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा सभा सम्पन्न भएको हो। सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै साथै अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न, गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत दिइएको छ। 

सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तिय विवरणहरु पारित गरिएको छ। सभाले सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरेको छ।

सभामा अध्यक्ष अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले यस विषयलाई अवसरका रुपमा लिई बीमासम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको बताए। उनले आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त र छिटोछरितो रुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता व्यक्त गरे। 


Share this with your friends: