आरएसडिसी लघुवित्तद्वारा लाभांस घोषणा

2020-10-11
आरएसडिसी लघुवित्तद्वारा लाभांस घोषणा

 काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था  लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गरेको छ।

संस्थाको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम, नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई गत आर्थिक वर्षका लागि लाभांस वितरणको घोषणा गरेको हो। 

संस्थाले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि समेत गरी नगद लाभांश ३.६३ प्रतिशत वितरणको निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

यस्तै, २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँ नगद लाभांश बाँड्नेछ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताको खातामा जम्मा हुनेछ । 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ७० करोड हाराहारी पुग्नेछ ।   


Share this with your friends: