आशा लघुवित्तद्वारा बोनस सेयर र नगद लाभांस प्रस्ताव

2020-09-17
आशा लघुवित्तद्वारा बोनस सेयर र नगद लाभांस प्रस्ताव

काठमाण्डौ । आशा लघुुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरु लाभांस प्रस्ताव गरेको छ । 

संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको ७८ औँ बैठकले यस्तो निर्णय गरेको हो । निणर्य अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.७८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरिएको छ । 

प्रस्तावित लाभांस चुक्तापुँजिको २३ करोड २२ लाख ८८ हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ  बराबरको बोनस सेयर वितरण गर्ने रहेको छ ।  

बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ०।७८ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८३५ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ। 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ। 
 

 


Share this with your friends: