इन्टरनेट सेवा प्रदायक वल्डलिंकले आईपीओ ल्याउने, कहिले सम्म आउला त ?

2020-09-15
इन्टरनेट सेवा प्रदायक वल्डलिंकले आईपीओ ल्याउने, कहिले सम्म आउला त ?

काठमाण्डौ। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। 

वल्डलिंकले आज आयोजना गरेको २५ औँ भर्चुअल वार्षिकोत्सव समारोहमा कम्पनीका संचालक दिलिप अग्रवालले यस्तो जानकारी दिएका हुन्। 
उक्त समारोहमा उनले आईपीओ ल्याउनका लागि आफुहरु पूर्वतयारीमा रहेको र अबको तिन वर्षभित्र सर्वसाधारणका लागि आईपीओ ल्याउने सक्ने बताए। उनले यसका लागि कम्पनीलाई पब्लिक लिमिटेडमा दर्ता गरेको समेत बताए। 

हाल वल्र्डलिङ्कको सेवा देशका ७४ जिल्लामा पुगिसकेको छ । इन्टरनेट प्रदायक कम्पनीहरुमा नेतृत्वदायी भूमिका खेलिरहेको वल्र्डलिङ्कका देशभर ४ लाख बढी घरेलु ग्राहक रहेका छन् । यो कम्पनी उच्च नाफा कमाइरहेको कम्पनी पनि हो । 

 


Share this with your friends: