उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३.२६ लाख आवेदकको हात खाली

2022-04-22
उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३.२६ लाख आवेदकको हात खाली

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। 

संस्थाको आईपीओ आज(वैशाख ९ गते)धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा बाँडफाँड गरिएको हो। 

संस्थाको आईपीओमा २३ लाख ५१ हजार ४६२ आवेदकले आवेदन दिएका थिए । कुल आवेदनमध्ये २३ लाख ४९ हजार ५६ आवेदन माग  सदर भएको छ। बाँकी २ हजार ४०६ आवेदन बदर भएको क्यापिटलले जनाएको छ। 

मागभन्दा बढी आवेदन परेकाले आईपीओको बाँडफाँड गोलाप्राथबाट गरिएको छ। जसअनुसार २२ हजार ११५ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यी आवेदनमध्ये २० कित्ता भन्दा बढी आवेदन दिने ६ जनाले थप १–१ कित्ता सेयर हात पारेका छन्। 

हाल खाली हुने आवेदकको संख्या २३ लाख २६ हजार ९४१ रहेको छ । 

संस्थाले गत चैत २५ गतेदेखि आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन गरेको छ । 

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्टाइएको सेयर मध्येको ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।  


Share this with your friends: