उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

2022-05-26
उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित ६ लाख  कित्ता बढी साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र संस्थाबीच आज(जेठ १२ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ६ लाख ५६ हजार २५० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता, र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख ५६ हजार २५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम जेठ १० गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले संस्थाको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ४०३.९१ रुपैयाँदेखि १२११.७३ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ। नेप्सेले संस्थालाई यूएलबीएसएल संकत प्रदान गरेको छ ।    


Share this with your friends: