एनआरएन लघुवित्तले निर्धारण गर्यो बुक क्लोजको मिति

2020-09-23
एनआरएन लघुवित्तले निर्धारण गर्यो बुक क्लोजको मिति

काठमाण्डौ । एनआरएन लघुवित्तले विशेष साधारणसभा प्रयोजनार्थका लागि शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज)को मिति निर्धारण गरेको छ। 
विशेष साधारणसभाका लागि संस्थाले आगामी असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै अब असोज १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त विशेष सभामा भाग लिन पाउनेछन्। 

सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना परिवर्तन गर्ने मुख्य अजेन्डाहरुले प्रवेश पाउनेछन्। सभामा संस्थाले पुनः सर्वसाधारणका लागि एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ। 

यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभामा अनुमोदन हुनेछ। 

सभाले संस्थामा गाभिएका साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिव्य लघुवित्त वित्तीय संस्थासँगको मर्जर अनुमोदन गर्नेछ। मर्जरपछि कायम रहने एनआरएन लघुवित्तको आगामी चारवर्षे कार्यकालका लागि चारजना संस्थापक र दुईजना सर्वसाधारणका तर्फबाट गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने निर्णय पनि सभाले पारित गर्नेछ। 

 


Share this with your friends: