एनएमबी म्युचुअल फन्डअन्तर्गत सन्चालित दुई म्युचुअल फन्डद्वारा लाभांस घोषणा

2020-09-21
एनएमबी म्युचुअल फन्डअन्तर्गत सन्चालित दुई म्युचुअल फन्डद्वारा  लाभांस घोषणा

काठमाण्डौ । एनएमबी म्युचुुअल फन्डअन्र्तत सन्चालित दुुईवटा म्युचुुअल फन्डले लाभांस घोषणा गरेका छन्। फन्डअन्र्तगत सन्चालिन एनएमबी हाइब्रिड फन्ड एल १ र एनएमबी ५० का इकाइधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरिएको हो। 

एनएमबी क्यापिटलको हिजो बसेको सन्चालक समितिको बैठकले लाभांस प्रदान गर्ने निर्णय गरेको हो। 

जसअनुसार एनएमबी हाइब्रिड फन्ड एल १ का इकाइधनीहरुलाई करसहित ८ प्रतिशत र एनएमबी ५० का इकाइधनीहरुलाई करसहित ८ प्रतिशतका दरले नगद प्रतिफल वितरण गरिने घोषणा गरिएको छ। 

प्रतिफल वितरण प्रयोजनार्थ दुवै म्युचुअल फन्डको असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम इकाइधनीहरुमात्र यी म्युचुअल फन्डको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्। 

 


Share this with your friends: