काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आ.व २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०। ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ०५० रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार ४३७ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन् ।
यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।