काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ११ गते)अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (चैत १२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांस गरी कुल ६.३१५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।
यो लाभांस कम्पनीको आगामी वैशाख २१ गते आयोजना हुने २७ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।