काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।
कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु वैशाख १५ गतेदेखि जेठ १२ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।
कम्पनीले वि.स २०८४ वैशाख १५ गतेपश्चात परिपक्व हुने बीमालेखहरुमा हकमा १०० प्रतिशत, वि.स २०८१ वैशाख १५ देखि २०८४ वैशाख १५ गते गतेसम्ममा परिपक्व हुने बीमालेखहरुको हकमा ५० प्रतिशत र वि.स २०८१ वैशाख १५ गतेभन्दा अघि परिपक्व हुने बीमालेखहरुको हकमा २५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।
एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई बीमा अवधिभर पुनःब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।