गोर्खाज फाइनान्सको साधारणसभाको मिति तय, सेयरधनीलाई लाभांस वितरण नगरिने

2020-09-24
गोर्खाज फाइनान्सको साधारणसभाको मिति तय, सेयरधनीलाई लाभांस वितरण नगरिने

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस नदिने निर्णय गरेको छ। संस्थाको यो निर्णयसँगै अब सेयरधनीहरुको हात खालि हुने भएको हो। 

यसका साथै संस्थाले सेयरधनीहरुका लागि हकप्रद सेयर पनि जारी नगर्ने निर्णय गरेको छ। 

गोर्खाज फाइनान्सको सन्चालक समितिको हिजो बसेको बैठकले संस्थाको २५ औँ वार्षिक साधारणसभा कार्तिक ५ गते गर्ने निर्णय गरेको छ। बैंठकले काठमाण्डौ स्थित होटल क्राउन इम्पेरियमलाई सभा स्थलको रुपमा तोकेको छ। सभा भर्चुअल अर्थात भिडियो कन्फरेन्सका माध्यमबाट गरिने फाइनान्सले जनाएको छ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ फाइनान्सले यही असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ सभामा भाग लिन योग्य हुन असोज १७ गतेसम्म यो फाइनान्सको सेयरधनी कायम भइसक्नुपर्नेछ।  

 


Share this with your friends: