ग्लोबल आईएमई समुन्नत योजना–१ को बुक क्लोज मिति तय

2020-09-16
ग्लोबल आईएमई समुन्नत योजना–१ को बुक क्लोज मिति तय

काठमाण्डौ । ग्लोबल आईएमई समुन्नत योजना–१ को गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ। 

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले यस योजनाका घोषित प्रतिफल वितरण प्रयोजनार्थ आउँदो असोज ९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ८ गतेभित्र कायम इकाइधनीहरुले मात्र यस योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

यो म्युचुअल फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ४ प्रतिशत (करसहित) दरले हुने आउने नगद लाभांश प्रतिफलका रुपमा वितरण गर्ने घोषणा गरिएको छ। 


Share this with your friends: