जनरल इन्स्योरेन्सको नियमित कारोबार सुरु, कति बढ्यो मूल्य ?

2020-10-14
जनरल इन्स्योरेन्सको नियमित कारोबार सुरु, कति बढ्यो मूल्य ?

काठमाण्डौ ।  प्रिओपनिङ सेसनमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको पहिलो कारोबार भएसँगै आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कम्पनीको नियमित सेयर कारोबार सुरु भएको छ। 

आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) यो कम्पनीको सेयर प्रतिकित्ता ३०५ रुपैयाँमा पहिलो कारोबार भएको छ। नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१।७ रुपैयाँदेखि ३०५।२८ रुपैयाँभित्रै कारोबार भएसँगै आजबाट नियमित कारोबार खुलेको हो। 

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० र जनरल इन्स्योरेन्सबीच सोमबार सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको थियो।

सम्झौता भएको भालिपल्ट अर्थात मंगलबारको प्रिओपनिङ सेसनमा नेप्सेले निर्धारणको मूल्यमा कम्पनीको कारोबार हुननसक्दा नियमित सेसनमा कम्पनीको सेयर कारोबार भएको थिएन। आज नियमित कारोबारमा आएको यो कम्पनीको मूल्य यो समाचार तयार पार्दासम्म ३.९३ प्रतिशतले बढेर प्रतिकित्ता ३१७ रुपैयाँ कायम भएको छ।   
जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० दरका रु। ३० करोडबराबरको आईपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

 


Share this with your friends: