जनरल इन्स्योरेन्सको आईपीओका लागि आइतबारदेखि आवेदन खुल्दै

2020-09-25
जनरल इन्स्योरेन्सको आईपीओका लागि आइतबारदेखि आवेदन खुल्दै

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आउँदो आइतबार अर्थात असोज ११ गतेबाट निष्कासन हुने भएको छ। 
कम्पनीको चुक्तापुँजिको १ अर्बको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँबराबरको आइपीओ निष्कासन हुन लागेको हो। 

कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासित गर्नेछ। 

यो आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदकहरुले असोज १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले यस्ता संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ। यस्तै कम्पनीको आईपीओले केयर एनपी आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ। ग्रेडमा प्रयोग गरिने प्लस चिह्नले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ।

जनरल इन्स्योरेन्सका अध्यक्षमा कुनाल कायल र जनरल मेनेजर एसके तमोट छन्।

 


Share this with your friends: