जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँडको तयारी, भाग्यशाली आवेदक कति ?

2020-10-04
जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँडको तयारी, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  गत असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त आईपीओ बाँडफाडँको तयारी गरेको छ। 

क्यापिटलले आज बेलुकासम्म प्रिअलमेन्ट कार्य सकेर मंगलबारसम्म आईपीओ बाँडफाँडको तगारी गरेको जनाएको छ। 

कम्पनीले गत असोज ११ गते २७ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो। कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ। असोज १४ गते अन्तिम दिनसम्ममा ८ लाख १३ हजार ७२५ आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको थियो। १० कित्ताको दरले सेयर बाडँफाडँ गर्दा २ लाख ७३ हजार आवेदकले सेयर पाउनेछन् भने ५ लाख ४० हजार ७२५ आवेदकले सेयर पाउने छैनन। 

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ । 

कम्पनीले प्रतिकित्ता रु १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

 


Share this with your friends: