जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ५.२४ लाख आवेदकको भागमा परेन

2020-10-06
जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ५.२४ लाख आवेदकको भागमा परेन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज मंगलबार बिहान १०.३० बजे आईपीओ बाँडफाँड गरेको हो। 

आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८ हजार ६४० कित्ताका लागि आएको आवेदन रितपूर्वक नभएका कारण रद्ध गरिएको क्यापिटलले जनाएको छ । 
 यसरी ७ लाख ९४ हजार ५४६ आवेदकबाट २ करोड १४ लाख १० हजार ७३० कित्ता सेयरका लागि प्राप्त आवेदन मात्र सदर रहेको देखिएको छ । 

आइपीओ खरीदका लागि १० देखि १० हजार कित्तासम्म माग गर्ने सबैलाई एउटै समूहमा राखी गोलाप्रथाबाट १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो । जसमध्ये कुल २ लाख ७० हजार आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । 

रितपूर्वक आवेदन दिएकामध्ये पनि ५ लाख २४ हजार ५४६ जनाको हात रित्तो भएको छ । 

यो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म आइपीओमा आवेदन खुल्ला गरेको थियो । 

 


Share this with your friends: