तीन लघुवित्तबीच मर्जर सम्झौता, आरम्भ चौतारीको सेयर कारोबार रोक्का

2020-09-27
तीन लघुवित्तबीच मर्जर सम्झौता, आरम्भ चौतारीको सेयर कारोबार रोक्का

काठमाण्डौ। तिनवटा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिने भएका छन्। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तिीय संस्था र शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका हुन्। हिजो संस्थाहरु एक आपसमा गाभिने सम्बन्धित सम्झौतामा हस्ताक्षर भएको थियो।

यससंँगै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज आइतबारदेखि रोक्का गरिएको छ। 

अन्य दुई लघुवित्तसँग गाभिने सम्झौतामा हस्ताक्षर गरेकाले मर्जर तथा प्राप्ती सम्बन्धि नियमावली, २०७३ को बिनियम ६(१) बमोजिम संस्थाको सेयर कारोबार रोक्का गरिएको आरम्भ चौतारी लघुवित्तले जनाएको छ। 

 


Share this with your friends: