दोर्दीखोला जलविद्युतको आईपीओमा आवेदन दिने समयावधि थप

2022-05-10
दोर्दीखोला जलविद्युतको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिम आवेदन नपरेका कारण तथा स्थानिय बासिन्दाको मागलाई समेत मध्यनजर गर्दै आवेदन दिने समयावधि थप गरिएको हो । अब यो आईपीओमा जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने रु।१०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गरेको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  


Share this with your friends: