दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-06-14
दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ३१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २६ गतेदेखि आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु।१०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गरेको छ । 

निष्कासन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको २० लाख १९ हजार ८६९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १७ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।    


Share this with your friends: