दोस्रो दिन जनरल इन्स्योरेनको आईपीओमा आवेदन दिनेको थामिनसक्नु ओइरो, कति पर्यो आवेदन ?

2020-09-28
दोस्रो दिन जनरल इन्स्योरेनको आईपीओमा आवेदन दिनेको थामिनसक्नु ओइरो, कति पर्यो आवेदन ?

काठमाण्डौ । हिजोदेखि आईपीओ निष्कासन आवेदन खुल्ला गरेको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आज दोस्रो दिन व्यापक आवेदन परेको छ। 

सिडीएससीका अनुसार कम्पनीको आईपीओमा आज सोमबार ५ बजेसम्म ५ लाख १७ हजारभन्दा धेरैको आवेदन परेको छ। यो समयसम्म लगानीकर्ताले १ करोड ४७ लाख १५ हजार बढी कित्ताका लागि आवेदन दिएका हुन्। 

हिजो पहिलो दिन कम्पनीको आईपीओमा ३२ लाख ४४ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो। 

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु। ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ । 

कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ। आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्।


Share this with your friends: