धितोपत्र दोस्रो बजारमा एनआएन इन्फ्रास्टक्चरको कारोबार सुरु, पहिलो दिन नै लाग्यो सर्किट

2020-08-26
धितोपत्र दोस्रो बजारमा एनआएन इन्फ्रास्टक्चरको कारोबार सुरु, पहिलो दिन नै लाग्यो सर्किट

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट कारोबारको थालनी गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्यमा पहिलो दिन नै पोजेटिभ सर्किट लागेको छ। 

आज स्पेसल प्रिओपनिङ सेसनमा प्रतिकित्ता ३०६ रुपैयाँमा कारोबार भएसँगै कम्पनीको नियमित कारोबारको सुरुवात भएको हो। कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६ रुपैयाँदेखि ३०६.१८ रुपैयाँ तोकिएको छ। यसका साथै कम्पनीको कारोबार संकेत एनआरएन रहेको छ। 

कारोबार खुलेको पहिलो दिन नै सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा उछाल आएसँगै पोजेटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्रा ३३६ रुपैयाँ पुगेको छ। यो कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३०६ रुपैयाँमा खुलेको थियो।

 


Share this with your friends: