नेपालमा निर्जीवन बीमा दाबी भुक्तानीसम्बन्धी यस्तो छ व्यवस्था

2022-02-22
नेपालमा निर्जीवन बीमा दाबी भुक्तानीसम्बन्धी यस्तो छ व्यवस्था

काठमाण्डौ । निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नी बीमा, मोटर बीमा, इञ्जिनीयरिङ्ग बीमा,सामुन्द्रिक बीमा, हवाई बीमा र विविध बीमा पर्दछन्। 

निर्जीवन बीमा गरेपछि बीमकले सम्पत्तिको रक्षावरण गर्ने काम गर्दछ । बीमा अवधिभर कुनै अप्रिय घटना घटेमा त्यसको क्षतीपूर्तीका रुपमा बीमकले दायित्व मूल्यांकनका आधारमा दाबी भुक्तानी प्रदान गर्दछ । बीमा गरिएको सम्पत्तिमा कुनै क्षती पुगेमा बीमितले दाबी भुक्तानीका लागि माग गर्न सक्छन् । यसका लागि छुटटै प्रक्रिया रहेको छ । नेपालमा निर्जीवन दाबी भुक्तानी सम्बन्धी यस्तो छ व्यवस्था ः

१.निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको दाबी गर्नुपर्ने भएमा त्यससम्बन्धी सम्पूर्ण विवरणहरू खुलाई बीमक समक्ष निवेदन दिनु पर्दछ ।

२.निर्जीवन बीमाको दाबी भुक्तानीका लागि बीमितबाट निवेदन प्राप्त भएपछि बीमकले त्यस सम्बन्धमा आवश्यक जाँचबूझ गर्नु परेमा तुरून्त बीमा सर्भेयर खटाउने गर्छ ।

३.खटिएको बीमा सर्भेयरले आवश्यक जाँचबूझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नु पर्दछ । प्रतिवेदनमा बीमकबाट बीमालेखको शर्त बमोजिम बीमितले पाउन सक्ने रकम समेत उल्लेख गरिएको हुनु पर्दछ ।

४.सर्भेयरले प्रतिवेदन पेश गरेको मितिले साधारणतया ३५ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी रकम भुक्तानी गर्दछ । 

tips   

Share this with your friends: