नेपाल फाइनान्सलाई करिब रु.१७ करोड बराबरको हकप्रद निष्कासनको अनुमति

2020-10-05
नेपाल फाइनान्सलाई करिब रु.१७ करोड बराबरको हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। संस्थाले १ः१.२५ अनुपातको हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो। 

नेपाल धितोपत्र बोर्डले हिजो आइतबार नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले रु। १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु। १०० अंकित दरका १६ लाख ९७ हजार ५०६।२५ कित्ता हकप्रद निष्कासन गर्नेछ। 
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारणसभाको निर्णयबमाजिम हाल कायम चुक्तापुँजीको १ः१।२५ अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डमा अनुमति माग्ने निर्णय गरेको छ। त्यसपछि गत शनिबार सम्पन्न कम्पनीको २० देखि २७ औँ वार्षिक साधारणसभाले पुनः यो हकप्रद जारी गर्ने निर्णय गरेको हो। यो हकप्रद जारी गरी कम्पनीले आफ्नो चुक्तापुँजी ८४ करोड २ लाख ६५ हजार ५९४ रुपैयाँ पुर्याउने नीति लिएको छ। 

 


Share this with your friends: