नेप्से कारोबार केहि समयका लागि स्थगित

2020-09-10
नेप्से कारोबार केहि समयका लागि स्थगित

काठमाण्डौ। धितोपत्र दोस्रो बजार(नेप्से) आज केहि समयका लागि स्थगित भएको छ। 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल केही समयका लागि कारोबार स्थगित गरिएको छ। 

कारोबार प्रणालीमा भएको उक्त समस्या समाधानका लागि नेप्से प्रयासरत रहेको उल्लेख गर्दै यसबाट पर्न गएको असुविधाप्रति नेप्सेले क्षमा मागेको छ।

 


Share this with your friends: