नेप्सेमा दुई बीमा कम्पनीको १.४७ करोड कित्ता सेयर सूचीकृत

2022-06-09
नेप्सेमा दुई बीमा कम्पनीको १.४७ करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत र आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । 

नेप्सेमा नेपाल लाइफको १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर र आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद गरी कुल १ करोड ४७ लाख १० हजार ३०२.९३ कित्ता सेयर सूचीकृत भएको हो ।  


Share this with your friends: