नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

2022-05-12
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(वैशाख २९ गते)देखि ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। 

सेयरको न्यूनतम मूल्य प्रति सेयर १००० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले  एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाण्डौमा आगामी असार १ गतेसम्म आईपुग्ने गरी बोलपत्र र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: