परिसूचकमा १७.३४ अंकको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-06-09
परिसूचकमा १७.३४ अंकको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ६८.२ अंकले घट्दै ८५९०.५९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१.३ अंकले घट्दै ९८४८.२५ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज एलआईसी नेपालको सेयरमूल्य २.७० प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य २.५६ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो कम्पनीको सेयरमूल्य ३.०८ प्रतिशतले घट्दै प्रतिकित्ता ४०३ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १७.६४ अंकले घट्दै २०६२.८० बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२९ कम्पनीका ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज व्यापार उपसूचक २.०६ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ५.७३ अंकले घटेको आज होटल ३९.७१,विकास बैंक ७३.५४,हाइड्रो ४०.५४,वित्त ३५.९८,उत्पादन तथा प्रशोधन ४२.६१,अन्य २४.४६,लघुवित्त ३२.६४,म्युचुअल फन्ड ०.०६ र लगानी उपसूचक ०.५ अंकले घट्यो। 

आज उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै बलेफि हाइड्रोपावरको सेयरमूल्य ९.९९ र मिथिला लघुवित्तको सेयरमूल्य ३.९५ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सिंगटी हाइड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.३४ प्रतिशतले घट्यो। 

यो दिन कमाुरी बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ६ करोड ७४ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: