काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २३६.८१ अंकले बढ्दै ११९३७.६५ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२४.०५ अंकले उकालो लाग्दै १०१९७.९८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भएनन्। बीमातर्फ आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य ४.८६ प्रतिशतले बढ्दे प्रतिकित्ता ९४९ रुपेयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एलआईसी नेपालको सेयरमूल्य १.२० प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ४४.१६ अंकले बढ्दै २३१३ बिन्दुुमा पुग्यो। यो दिन बजारमा २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक २२.५५ अंकले बढेको आज व्यापार १४.४१,होटल ३६.८६,विकास बैंक १०३.६,हाइड्रो ९६,वित्त ५४.०९,उत्पादन तथा प्रशोधन ६२.९७,अन्य ३५.११,लघुवित्त ८६.५,म्युचुअल फन्ड ०.०५ र लगानी उपसूचक १.७ अंकले बढ्यो।
आज वरुण हाइड्रोपावर,ङादी गुप्र र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९.९७,दिव्यश्वरी हाइड्रोपावर ९.१७ र नेशनल हाइड्रोपावरको सेयरमूल्य ९.०८ प्रतिशतले बढ्यो।
त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.५२ प्रतिशतले घट्यो।
यो दिन ङादी गुप्रपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ९ करोड ९८ लाख बढीको सेयर कारोबार भयो।