परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-20
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १३९.४३ अंकले घट्दै ९५४८.७७ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १२२.७७ अंकले घट्दै १०९११.१३ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनी परे। आज प्रभु लाइफको सेयरमूल्य ३.८९,लुम्बिनी जनरल ३.८१,एशियन लाइफ ३.३३,जनरल इन्स्योरेन्स ३.२८ र अजोड इन्स्योरेन्सको सेयरमूल्य ३.२० प्रतिशतले घट्यो।

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १५.८२ अंकले घट्दै २२३५.०९ बिन्दुमा झर्यो। यो दिन बजारमा २२३ कम्पनीका २५ लाख २४ हजार २६८ कित्ता सेयर ९३ करोड २२ लाख ६ हजार ०८४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज म्युचुअल फन्ड उपसूचक ०.०७ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ६.५१ अंकले घटेको आज व्यापार ४७.०८,होटल ७.४९,विकास बैंक ३३.०२,हाइड्रो ९.७४,वित्त १५.३५,उत्पादन तथा प्रशोधन २१.१५,अन्य ३५.१६,लघुवित्त १४.२४ र लगानी ०.४३ अंकले घट्यो। 

आज सामूदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक अर्थात २.७३ प्रतिशतले बढ्यो। 

त्यस्तै आज तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घट्यो। 

यो दिन अरुण काबेली पावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३ करोड २ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: