परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-23
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २८५.८८ अंकले घट्दै १०६२५.२५ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६३.७९ अंकले ओरालो लाग्दै ९३८४.९८ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले मात्रै आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ५.२६ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.०२ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनी परे। आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ५.१४,एलआईसी नेपालको ५.०४,युनाइटेड इन्स्योरेन्स ४.७८,एनएलजी इन्स्योरेन्स ४.६४,सूर्या लाइफ ४.५४ र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ४.४७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। आज नेप्से परिसूचक ३४.२१ अंकले घट्दै २२००.८८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२४ कम्पनीका ३९ लाख १७ हजार ६५५ कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक १७.९६ अंकले घटेको आज व्यापार २१.८५,होटल ७०.६९,विकास बैंक ७५.९२,हाइड्रो ५३.०९,वित्त ३३.३२,उत्पादन तथा प्रशोधन ७२.४४,अन्य ४.०१,लघुवित्त ८४.७८,म्युचुअल फन्ड ०.१४ र लगानी उपसूचक १.४७ अंकले घट्यो। 

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक अर्थात ६.२० प्रतिशतले बढ्यो। 

त्यस्तै आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो संस्थाको सेयरमूल्य ५.८९ प्रतिशतले घट्यो। 

यो दिन नबिल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो। आज नबिल बैंकको ४ करोड १५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: