परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-05-24
परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ७६.७४ अंकले बढ्दै १०७०२ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २४ अंकले बढ्दै ९४०८.९८ बिन्दुमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ३.८५ अंकले बढ्यो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे । आज लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.३९,जनरल इन्स्योरेन्स २.६६ र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य २.२६ प्रतिशतले घट्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भयो । आज नेप्से परिसूचक १६.३२ अंकले बढ्दै २२१७.१९ बिन्दुको उचाइमा पुग्यो । यो दिन बजारमा २२४ कम्पनीका ३१ लाख ७३० कित्ता सेयर १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा दुईवटा बाहेक अन्य सबै उपसूचकमा हरियाली छायो । बैंकिङ उपसूचक ५.९२ अंकले बढेको आज होटल २७.४,विकास बैंक ५३.३१,हाइड्रो ५१.६३,वित्त २८.०७,उत्पादन तथा प्रशोधन ६०.७८,अन्य ११.८२,लघुवित्त २५.६९ र लगानी उपसूचक ०.३५ अंकले बढ्यो । 

व्यापार उपसूचक ३.१६ अंकले घटेको आज म्युचुअल फन्ड ०.०४ अंकले घट्यो। 

आज लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.९५ प्रतिशतले बढ्यो । 

त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । 

यो दिन एनआईसी एशिया लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो । आज एनआईसी लघुवित्तको संस्थापक सेयरको ४ करोड ८४ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: