परिसूचकमा १४.३७ अंकको वृद्धि,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-05-25
परिसूचकमा १४.३७ अंकको वृद्धि,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १३४.५१ अंकले बढ्दै ९५४३.४९ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ६६.५१ अंकले उकालो लाग्दै १०७६८.५० बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुई बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.२४ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.२३ प्रतिशतले बढ्यो। यसैगरी एशियन लाइफको सेयरमूल्य ३.३६,युनाइटेड इन्स्योरेन्स ३.१५ र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य २.९८ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्रभु लाइफको सेयरमूल्य २.०३ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। आज नेप्से परिसूचक १४.३७ अंकले बढ्दै २२३१.५७ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ८.१९ अंकले बढेको आज व्यापार २९.२१,होटल ०.०७,विकास बैंक २५.१८,हाइड्रो ३०.२९,वित्त ९.५,उत्पादन तथा प्रशोधन ३०.४९,अन्य ८.९६,लघुवित्त २९.०२,म्युचुअल फन्ड ०.०७ र लगानी उपसूचक ०.११ अंकले बढ्यो। 

आज बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य ५.९२ प्रतिशतले बढ्यो। त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.८४,सिंगटी हाइड्रोपावर ५.३३ र गुराँस लघुवित्तको सेयरमूल्य ५.२२ प्रतिशतले बढ्यो। 

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.१३ प्रतिशतले घट्यो। 

यो दिन अपरतामा तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ८ करोड ३४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: