परिसूचकमा गिरावटका साथ साताको अन्त्य,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-27
परिसूचकमा गिरावटका साथ साताको अन्त्य,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ७८.८१ अंकले घट्दै १०७७९.५७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६८.४६ अंकले ओरालो लाग्दै ९४८२.४६ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १.९८ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ भने आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.५४ प्रतिशतले घट्दै प्रतिकित्ता ६४५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १५.८२ अंकले घट्दै ४१ लाख ४० हजार ६६५ कित्ता सेयर १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा होटल उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज होटल उपसूचक २.४ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ६.०८ अंकले घटेको आज व्यापार १३.१५,विकास बैंक ३७.५४,हाइड्रो २९.७३,वित्त २२.३६,उत्पादन तथा प्रशोधन ३७.८१,अन्य २९.९८,लघुवित्त २०.७५,म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक ०.४२ अंकले घट्यो। 

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ६.१३ प्रतिशतले बढ्यो। यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.३१,उपकार लघुवित्त ४.०४ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ४.०१ प्रतिशतले घट्यो। 

त्यस्तै आज दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ३.७५ प्रतिशतले घट्यो। 

यो दिन प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो। आज प्रभु बैंकको संस्थापक सेयरको १७ करोड ६० लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: