बजारमा बुलिस ट्रेण्ड, बीमामा उछाल

2020-08-24
बजारमा बुलिस ट्रेण्ड, बीमामा उछाल

काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार पनि बिमा कम्पनीको सेयरमा बुम बुमको अवस्था देखिएको छ । 

आज पनि दुवै उपसमूहको परिसूचकमा उल्लेख्य वृद्धि देखियो । आज जीवन बीमा कम्पनीको परिसूचक १६२.८७ अंकको वृद्धि हँुदै ८८५६.९३ को उचाईमा पुग्यो । 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक १२८.६९ अंकको बढोत्तरीसंगै ७०९७.२२ बिन्दुको उचाईमा पुग्न सफल रह्यो । १२ वटा परिसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा देखियो । 

यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा २ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए । यो दिन सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा ३९ रुपैयाँको बढोत्तरीसँगै कम्पनीको प्रति सेयर मूल्य ८४२ रुपैयाँ कायम भयो । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि २८ रुपैयाँको वृद्धिसँगै यसको मूल्य ६२४ रुपैयाँ कायम भयो । 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ? 
यो दिन नेप्से परिसूचक २१.११ अंकले बढी १४३१.४५ को बिन्दूको उचाईमा पुग्न सफल रह्यो । बजारमा १८२ कम्पनीका ४९ लाख २४ हजार २८९ कित्ता सेयर २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भयो ।

नेप्से परिसूचकतर्फको बढोत्तरी र कारोबार रकमतर्फको उछालले बजार बुलिस प्रवृतिमा गएको देखिएको छ ।  

यो दिन होटल समूहको उपसूचकमा मात्रै रातो पोतियो । यो समूहमा १.४३ अंकको गिरावट आयो । होटल समूहबाहेक अन्य सबै समूहको उपसूचकमा भने हरियो पोतियो । बैंकिङ समूह १५.८२ अंकले बढेको यो दिन व्यापार, विकास बैंक,जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूहमा क्रमश १३.७३, १७.१६, ७.२२, ३.६६ र ६४.९१ अंकको वृद्धि देखियो । 

यसैगरी अन्य समूह, लघुवित्त र म्युचुअल फन्डमा पनि क्रमश १२.३६, ५५.७३ र ०.०३ अकंको बढोत्तरी आयो । 

यस दिन कर्पाेरेट डेभलेपमेन्ट बैंकका लगानीकर्ताकोे ६.९० अकंले आफ्नो सम्पत्ति बढ्यो । 

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा ङादी हाइड्रोवार लिमिटेडका लगानीकर्ता रहे । यो कम्पनीको सेयर मूल्यमा २.२५ प्रतिशतको गिरावट आयो । 

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीले २१ करोड ६० लाख बढीको कारोबार गर्यो । कारोबारको हिसाबमा शीर्ष १० भित्र कम्पनीको सूचिमा नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमइ बैंक परे । यी कम्पनीले क्रमश १२ करोड ९९ लाख, १२ करोड १८ लाख र ११ करोड ८० लाख बढीको कारोबार गरे।     

 


Share this with your friends: