बाराही हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

2022-04-24
 बाराही हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत चैत१७ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले ७ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आम सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासनको माग गरेको हो । 


Share this with your friends: