बीमाका लगानीकर्ता मालामाल, कुन कम्पनीको मूल्य कति बढ्यो ?(सूचिसहित)

2020-08-24
बीमाका लगानीकर्ता मालामाल, कुन कम्पनीको मूल्य कति बढ्यो ?(सूचिसहित)

काठमाण्डौ । सेयरको कारोबार हुने दोश्रो बजारमा उछालको अवस्था देखिएको छ । बुलिस गतिमा कुद्न थालेको बजारमा बिमा कम्पनीका सेयरहरुले समेत लगानीकर्ता मालामाल बन्न थालेका छन् । 

सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १४३१.६० को विन्दूमा पुग्दा कारोबार रकममा उछाल आई २ अर्ब १३ करोड माथि पुगेको छ। 

बजार परिसूचक र कारोबार रकम दुवैमा उछाल आएको यो दिन बिमा कम्पनीको सेयरमा समेत उछालको अवस्था देखिएको छ । 

निर्जीवन बिमा समूहको उपसूचक १.८५ प्रतिशतले बढेको यो दिन जीवन बिमा समूहको उपसूचकमा १.८७ प्रतिशतको उछाल देखिएको छ । यसले समेत केही दिनदेखि बढिरहेको बिमा समूहको दुई उपसूचकमा यो दिन उछाल आएको र यसबाट लगानीकर्ताको सम्पत्ति ह्वात्तै बढेको देखाउँछ । 

आज कारोबारमा आउने सबै बिमा कम्पनीको सेयर मूल्यमा बढोत्तरी भयो । आरबिसिएलको संस्थापक सेयरको मूल्यमा मात्र सामान्य गिरावट आएको यो दिन बाँकी कुनै पनि बिमा कम्पनीका लगानीकर्ताले गुमाउनुपरेन । 

यो दिन सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो । 

नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्य ४.६९ प्रतिशतले बढेको यो दिन हिमालयन जनरल इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि बढेका कारण लगानीकर्ताको सम्पत्ति थपियो । 

यो दिन कुन बिमा कम्पनीको सेयर मूल्य कति बढ्यो ? माथिको टेबलमा हेर्नुहोस् ।

 


Share this with your friends: