बिमाको दबदबा कायम भएकै दिन ६ कम्पनीले गुमाए, कमाउने कुन कुन ?(सूचिसहित)

2020-08-25
बिमाको दबदबा कायम भएकै दिन ६ कम्पनीले गुमाए, कमाउने कुन कुन ?(सूचिसहित)

काठमाण्डौ । साताको तेश्रो कारोबार दिन मंगलबार बिमा कम्पनीका सेयरमूल्यमा चमक आयो । धेरै कारोबार गर्ने कम्पनीको १० शीर्ष स्थानमा बिमा कम्पनीहरुकै दबदबा रह्यो भने धेरै कमाउने १० कम्पनीको सूचिमा पनि ४ स्थान बिमा समूहले नै कब्जा गरे । 

कोरोना संक्रमणको दर बढेसँगै देशका अन्य क्षेत्र डामाडोल भएको अवस्थामा समेत बिमा कम्पनीहरुको व्यापारमा भने धेरै ठूलो गिरावट आएको छैन । गत वर्षको बिमा प्रिमियम संकलनको अवस्था, नाफाको अवस्था र समग्र विजिनेशतर्फको बढोत्तरीले समेत यो कुरा पुष्टि गर्दछ । 

आगामी दिनमा पनि बिमा कम्पनीहरुको व्यापार चम्किने अवस्था बनेपछि लगानीकर्ताहरुको ध्यान बिमा कम्पनीहरुमा केन्द्रीत भएको हो । 

कतिपय बिमा कम्पनीहरुले राम्रो रिटर्न दिने आशामा समेत लगानीकर्ताहरुले त्यस्ता कम्पनीको सेयर उठाउँदा जीवन र निर्जीवन बिमा समूहमा विशेष आकर्षण देखिएको छ । 

तर, मंगलबार भने सबै बिमा कम्पनीको सेयर मूल्य बढेन । १६ वटा कम्पनीको सेयरमूल्य बढ्यो भने ६ कम्पनीको सेयरमूल्यमा गिरावट देखियो । 

कुनको बढ्यो, कुनको घट्यो ?
यो दिन नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्य ७.६९ प्रतिशतले वृद्धि भयो । सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ५.९० प्रतिशतले सम्पत्ति बढाएको यो दिन प्राइम लाइफ इन्स्योरेन्सको मूल्य ४.७३ प्रतिशतले बढ्यो । 

गुराँस लाइफ इन्स्योेरेन्सको सेयर मूल्य ४.२२ प्रतिशतले बढेको यो दिन नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सको मूल्य ४ प्रतिशत हाराहारीमा बढ्यो । बाँकी कुन कम्पनीको सेयरमूल्य बढ्यो ? माथिको टेबलबाट हेर्नुहोस् । 

यो दिन एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ०.४१ प्रतिशतले सम्पत्ति गुमाए । यो कम्पनीको सेयरमूल्य सामान्य घटी प्रतिकित्ता ७१७ रुपैयाँ कायम हुन पुग्यो । 

यो दिन गुमाउनेहरुमा नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । 

 


Share this with your friends: