बीमा कम्पनीमा हरियाली छाएको साता, कुन कम्पनीका लगानीकर्ता मालामाल भए ?(सूचिसहित)

2020-08-27
बीमा कम्पनीमा हरियाली छाएको साता, कुन कम्पनीका लगानीकर्ता मालामाल भए ?(सूचिसहित)

काठमाण्डौ । साताको पहिलो दिनदेखि नै बढ्न थालेको धितोपत्र दोस्रो बजारमा आज अन्तिम कारोबार दिन भने ब्रेक लागेको छ । बजारमा मुनाफा सुरक्षित गर्नका लागि लगानीकर्ताले सेयर बिक्रि गर्न लागेपछि अत्यधिक बिक्री चाप देखिएपछि बजारको चार दिन लामो वृद्धिमा ब्रेक लागेको हो । 

टर्नओभर र सेयर मूल्यको वृद्धिमा पहिलो दिनदेखि नै लयमा रहेका बीमा कम्पनीहरुले यो साता सम्रगमा राम्रो प्रर्दशन गरेका छन् । कारोबार रकमको हिसाबमा यो साता बीमा कम्पनीहरुको प्रर्दशन एकदमै उत्साहप्रद रह्यो, बजारमा बीमा कम्पनीहरुको दबदबा नै कायम भयो । 

यो साता जीबन बीमा कम्पनीहरु सबैको मूल्यमा वृद्धि भयो । एक साताको अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै वृद्धि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा देखियो । यो साता कम्पनीको सेयरमा ९० रुपैयाँको बढोत्तरी भयो । ४५६ रुपैयाँका साथ कारोबारको सुरुवात गरेको यो कम्पनीको सेयर मूल्य आज अन्तिम दिन ५४६ रुपैयाँका साथ बन्द भयो । 

त्यस्तै अर्काे धेरै मूल्य वृद्धि हुने जीवन बीमा कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रह्यो । पहिलो दिन ४६५ रुपैयाँका साथ कारोबारको बन्द गरेकोे कम्पनीकोे सेयर मूल्य आज ५३७ रुपैयाँमा बन्द भयो । यसरी एक साताको अवधिमा यो कम्पनीको सेयर मूल्यमा ७२ रुपैयाँको बढोत्तरी भयो । 

यो अवधिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि ६६ रुपैयाँको वृद्धि भयो । साताको पहिलो दिन ५४४ रुपैयाँका साथ बन्द भएकोे कम्पनीको प्रति सेयर मूल्य आज अन्तिम दिन ६१० रुपैयाँका साथ बन्द भयो । 

यसैगरी एसियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्स्योरेन्स, र लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा क्रमश ६५,४९, २७ र १९ रुपैयाँको बढोत्तरी भयो । 

निर्जीवन बीमा कम्पनी 
जीबन बीमा कम्पनी जस्तै यो साता निर्जीवन बीमा कम्पनीहरुको सेयर मूल्यमा पनि उछाल आयो । निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै वृद्धि राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा भयो । यो साता कम्पनीको सेयर २५३ रुपैयाँले बढ्यो । साताको पहिलो दिन ९४४८ रुपैयाँ अन्तिम कारोबार मूल्य रहेको यो कम्पनीको सेयर मूल्य ९७०१ रुपैयाँको उचाईमा पुगेर साताको अन्तिम कारोबार दिन बन्द भयो । 

यस्तै नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि १०० रुपैयाँले बढ्दै ७७७ रुपैयाँमा बन्द भयो । कम्पनीले ६७७ रुपैयाँका साथ आफ्नो कारोबारको सुरुवात गरेको थियो । 

६३० रुपैयाँका साथ पहिलो दिन कारोबार अन्त्य गरेको सिद्र्धाथ इन्स्योरेन्सको सेयर मूल्य ६७ रुपैयाँ वृद्धिका साथ आज अन्तिम दिन ६९७ रुपैयाँका साथ बन्द भयो । 

सगरमाथा इन्स्योरेन्सको सेयर मूल्यमा ६७ रुपैयाँको वृद्धि भएको यो साता नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्यमा समान ५३ रुपैयाँको वृद्धि भयो । 

त्यस्तै प्रुडेन्सीयल र प्रमियम इन्स्योरेन्सको सेयर मूल्यमा समान ४५ रुपैयाँको बढोत्तरी भयो । एनएलजि इन्स्योरेन्सको सेयरमूल्यमा ४३ रुपैयाँ, लुम्बीनी जनरल इन्स्योरेन्सको सेयरमा ३७ रुपैयाँ, अजोड इन्स्योरेन्सको ३५ रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स ३४ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स ३२ रुपैयाँ र युनाइटेड इन्सोरेन्सको मूल्यमा १५ रुपैयाँको बढोत्तरी आयो ।     

 


Share this with your friends: