बिहीबारको सेयर कारोबार राफसाफ स्थगित

2020-09-14
बिहीबारको सेयर कारोबार राफसाफ स्थगित

काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा बिहीबार कारोबार भएको राफसाफ तत्काल नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि बिहिबार केहि घण्टा कारोबार स्थगित भएको थियो। 
 
सिडिएस एण्ड क्लियरिङ लिमीटेडले सोमबार एक सूचना प्रकाशित गरी भदौ २५ गतेको कारोबार राफसाफको कार्य स्थगन भएको प्रष्ट पारेको हो । 
नेप्सेले टिएमएसमा समस्या आएको सो दिनको कारोबार राफसाफ कार्य पोस्टपोण्ड गर्न भनेपछि सिडिएसले यस्तो सूचना जारी गरिएको प्रष्ट्याएको छ । 
 
बिहीबारको कारोबारको राफसाफ तथा फछ्र्यौट आज हुनुपथ्र्यो । तर, अब अर्को सूचना जारी नभएसम्मका लागि सो दिनको राफसाफ हुने छैन । 

Share this with your friends: